News

राष्ट्रपतिको नामै लिएर गगनले भने– भिरबाट खस्नेलाई राम! राम!

राष्ट्रपतिको नामै लिएर गगनले भने– भिरबाट खस्नेलाई राम! राम!

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुध्रिने अन्तिम मौका रहेको नत्र ‘भिरवाट खस्नेलाई राम–राम’ भन्दै सचेत गराएका छन् ।

राष्ट्रपतिमा केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग रहेको र त्यसलाई सुधार्ने अन्तिम मौका प्राप्त भएको उनले फेसवुक स्ट्याटसमा लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५३ जना सांसदको समर्थन भएको भए सरकारले ७६(३) को विश्वासको मत लिने वैधानिक वाटो किन छोडेको भन्दै प्रश्न गरेका उनले ओलीले जालझेल सुरु गरेको आरोप लगाएका छन् ।

उनले फेसवुकमा लेखेका छन्– ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको? प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने। अब फेरी जालझेल!

‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम’– उनले लेखेका छन्।

http://

विशेष