News स्वास्थ्य

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालर उनकी पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण भएको छ ।

आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ ।


मन्त्री ढकाल काठमाण्डौंका विभिन्न समारोह तथा केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

विशेष