News राजनीति

भीम रावलको आरोप– शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र वनाए

भीम रावलको आरोप– शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र वनाए

नेकपा एमाले नेपाल–खनाल पक्षका नेता भीम रावलले लुम्बिनी प्रदेशमा शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र वनाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफनो धारणा सार्वजनिक गरेका रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गर्दै प्रधानमन्त्रीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला भएको वताएका छन् ।

‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रम केपीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला’–ट्वीटरमा रावलले लेखेका छन्।

आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनु केहीअघि आइतबार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । 
 

विशेष