News स्वास्थ्य

नर्भिकले सार्वजनिक गर्यो पूर्वरानी कोमलको स्वास्थ्य अवस्था

नर्भिकले सार्वजनिक गर्यो पूर्वरानी कोमलको स्वास्थ्य अवस्था

कोरोनाबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो ।

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको हो ।


कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको उल्लेख छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ । 
 

विशेष