News राजनीति

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतवार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन्। उनले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाए।
 
सभापति देउवाले आइतवार विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकिर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाए।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेका अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्यमान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ ।
(रासस)

विशेष