News

सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौंः गगन थापा

सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौंः गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले जतिसक्दो चाँडो सरकार गठन गरेर प्रधानमन्त्री तथा महाभियोग लगाएर राष्ट्रपतिलाई हटाउनु पर्ने वताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेमा बिहीबार साँझ राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाएको प्रक्रियाबाट संविधानको उल्लंघन भएको ठहर गर्दै थापाले यस्तो वताएका हुन् ।

थापाले ट्वीटरमा  लेखेका छन्– ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।’

विशेष