News स्वास्थ्य

अमेरिकाद्वारा नेपाललाई आपत्कालिन स्वास्थ्य सामग्री सहयोग

अमेरिकाद्वारा नेपाललाई आपत्कालिन स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। अमेरीकाले तीन उडान मार्फत स्वास्थ्य सामग्री नेपाल पठाएको हो।

अमेरिकी सहयोग एजेन्सी युएसएआइडीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन उडानमा स्वास्थ्य सामग्री काठमाडौंका लागि छुटिसकेको जानकारी दिएको हो। ‘सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री काठमाडौंका लागि छुटिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालसहित दक्षिण एसियामा अमेरिकाले पठाएको यो पहिलो चरणको सहयोग हो।’

यो सहयोग कोरोना भाइरसविरुद्धको लडाईंका लागि आपत्कालीन सहयोग भएको अमेरिकाले जनाएको छ। तीन सातामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका सामग्री नेपाललाई सहयोग गरेको जनाईएको छ।

अमेरिकाले नेपाललाई अक्सिजनको आपूर्ति र यसको उत्पादन प्रणालीका लागि समेत सहयोग गरेको छ। गत नोभेम्बर महिनामा अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग प्रदान गरेको थियो। 
 

विशेष