News राजनीति

ओली विरुद्ध नेता नेपालसहित विपक्षी गठवन्धनको वैठक

ओली विरुद्ध नेता नेपालसहित विपक्षी गठवन्धनको वैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाली पनि वैठकमा सहभागि भएका छन् ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगिसकेका छन्। स्रोतका अनुसार बैठकमा सहभागी हुन एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका नेता नेपाल पनि बूढानीलकण्ठ पुगेका छन्।

नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बहुमत जुटाउन छलफल शुरु भएको हो।

छलफलमा जसपा नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई पनि सहभागि हुने जनाईएको छ । 

विशेष