News

प्रभु साहको अडानले आमाको नामवाट सन्तानले पाउने भए जन्मसिद्ध नागरिक्ता

प्रभु साहको अडानले आमाको नामवाट सन्तानले पाउने भए जन्मसिद्ध नागरिक्ता

पुर्वमन्त्री प्रभु साहका कारण आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय सम्भव भएको छ ।

गत असार ७ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयक सम्वन्धमा गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका थिए् ।

नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको थियो । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए ।

उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने नेता साहको भनाई छ । नेता साहले ढिला गरी नागरिकता दिँदा त्यसले राष्ट्रियता बलियो बनाउने तर्कमा कुनै तुक नभएको बताएका थिए । नेता साहकै अडानका कारण जन्मसिद्ध नागरिकता दिने सम्बन्धी सरकारले निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागरिक्ता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिक्ता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी नेपालले पनि लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

विशेष