News राजनीति

संविधान संशोधनका लागि गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन

संविधान संशोधनका लागि गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर वीच भएको समझदारी अनुसार संविधान संशोधनका लागि गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

जसपाको ठाकुर पक्षसँग निकट सम्बन्ध स्थापित भएपछि ओली संविधान संशोधनमा लचिलो भएका छन् । तर, ओलीको यो कदमलई सत्तासँग जोडेर हेर्ने गरिएको छ ।

गएराती  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष ठाकुर पक्षबीच गएराति छलफल भएको थियो । 

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि ठाकुरले बिहीबार पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए। कार्यदलमा सरकारी पक्षबाट अग्निप्रसाद खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल छन भने जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।

संविधान संशोधन, नागरिकता लगायतका विषयलाई कार्यदलले टुंगो लागाउने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए। आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनसक्ने बताउँदै आएका प्रधानमन्त्री ओली कार्यदल बनाउन सहमत भएका हुन् ।

विशेष