News राजनीति

प्रधानमन्त्री ओलीको प्रश्ताव– राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा

प्रधानमन्त्री ओलीको प्रश्ताव– राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न प्रश्ताव गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री आलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव गरेका हुन् ।

बालुवाटारमा आज सम्पादकहरुसँग कुरा गर्दै प्रम ओलीले यसको जानकारी दिए । वैकल्पिक सरकार बनाउन नसके राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । उनले भने– ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु।’

ओलीले अरु विकल्पबारे पनि प्रस्ताव गरेको बताए । ‘तपाईंहरुको उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुहोस। कमसेकम यो विकल्प हो भनेर हिम्मतका साथ भन्नुहोस’ उनले भने–‘तर नेताहरु यसतर्फ नलागेर आरोप र गालीगलौजतिर लाग्नु भएको छ।’

‘मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’ भन्दै प्रश्न गरेका ओलीले विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ (५) का निम्ति मार्ग प्रशस्त गरिदिएको बताए ।
 

विशेष