News राजनीति

मुलुक चुनावमै गएपनि आकाश खस्दैन, बादललाई हराउने कदम अनैतिकः ओली

मुलुक चुनावमै गएपनि आकाश खस्दैन, बादललाई हराउने कदम अनैतिकः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चुनावमै गएपनि आकाश नखस्ने वताएका छन् । पछिल्लो परिस्थितिले मुलुकलाई चुनावतर्फ डोर्याए पनि जनमतले कसैलाई हानि नगर्ने उनको भनाई छ।

‘माओवादी र काँग्रेस सहमत हुँदा ११० ले सरकार बन्छ? म देशलाई चुनावमा नलैजाम् कि मलाई समर्थन गर्नूस् भनिरहेको छु। यो मन्जुर छैन भने विकल्प दिनोस् भनिरहेको छु’ ओलीले भने–‘उहाँहरूले देशलाई चुनावमा पु¥याउनु भयो भने आकाश खस्दैन।”

यो मङ्सिरमा नभए अर्को मङ्सिरमा चुनाव गराउनै पर्ने ओलीले बताए। आगामी फाल्गुनमा स्थानीय तहको चुनाव गराउनुपर्ने उनले बताए। जनताको अभिमत सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

उनले आफ्नै दलका नेता माधव कुमार नेपाल दललाई फुटाएर जनताको अभिमत तोड्न लागि परेको आरोप लगाए। नेकपा एमाले भित्रको एउटा खेमाले प्रणाली र मूल्यमान्यताको धज्जी उडाइरहेको पनि उनले टिप्पणी गरे।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रिय सभा सदस्य चुनावमा बिहीवार पराजित गराउने काम अनैतिक भएको उनको ठहर छ।

आफ्नै दलको कार्यकर्तालाई आदर्श च्युत गराएर बागी उम्मेदवार खडा गरिएको भन्दै उनले संसद्मा फ्लोर क्रस गर्ने, समानान्तर कमिटी गठन सहितका लोकतन्त्र विपरीतका काम भएको टिप्पणी गरे।

पार्टी यस्तो खालको अवस्थामा निरन्तर चलिरहन नसक्ने ओलीले बताए।
बीबीसीको सहयोगमा
 

विशेष