News

विपक्षी गठवन्धनको विकल्पः माधव नेपाल प्रधानमन्त्री 

विपक्षी गठवन्धनको विकल्पः माधव नेपाल प्रधानमन्त्री 

नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सम्भावना वढेको छ।

केपी शर्मा ओलीलाई विस्थापित गर्न नेता नेपाललाई अघि सार्ने विषयमा कुराकानी भएको श्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा ओलीलाई विस्थापित गर्ने विषयमा छलफल हुँदा यो विकल्प पनि अघि सार्ने सम्भावना देखिएको जनाईएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाउने देखि नेपाललाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्नेसम्मका विकल्पमाथि चर्चा भएको थियो। संविधानको धारा ७६ (५) अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ ५ बजे सकिने छ।

बैठकपछि कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्ष र एमालेको नेपाल पक्ष आन्तरिक छलफल गरिरहेका छन्।

बुढानिलकण्डबाट फर्किर नेता नेपाल अहिले सिंहदरबारस्थि लेखा समितिको बैठक कक्षमा आफू निकट नेताहरुसँग ब्रिफिङ गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले भने आफूले पनि धारा ७६ (५)को प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका छन्।
 

विशेष