News राजनीति

माधव प्रधानमन्त्री वन्ने सुचनापछि मन्त्री बन्न पाईने भन्दै ओलिका सांसद माधवतिर

माधव प्रधानमन्त्री वन्ने सुचनापछि मन्त्री बन्न पाईने भन्दै ओलिका सांसद माधवतिर

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता माधव समुहमा लागेका छन् ।

नेता नेपाल प्रधानमन्त्री वने मन्त्री वन्न वाईने लोभमा ओली पक्षका सांसदहरुले गुँण परिवर्तन गर्न थालेका हुन । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा निवास वुढानिलकण्ठमा नेता नेपाललाई अघि सारेर पनि ओलीलाई हटाउने चर्चा सुरु भएसँगै ओली पक्षका सांसदहरु खुट्टा उचाल्न थालेको एक सांसदले वताए ।

आफु प्रधानमन्त्री वन्ने भएपछि नेता नेपालले पनि आफनो तयारी थालेका छन् । वुढानिलकण्ठको वैठकपछि नेपालले आफु पक्षका सांसदहरुको बैठक डाकेका थिए । उक्त छलफलमा परिस्थिती अनुसार निर्णय लिन नेपाललाई नै जिम्मेवारी दिएका छन् ।

संविधानको धारा ७६ (५) अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ ५ बजे सकिने छ। त्यसअघि दलहरु एक्लाएक्लै र सामुहिक रुपमा छलफलमा ब्यस्त छन् । वैठकपछि कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्ष र एमालेको नेपाल पक्ष आन्तरिक छलफल छन्।

प्रधानमन्त्री ओलीले पनि आफूले पनि धारा ७६ (५)को प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका छन्।
 

विशेष