News राजनीति

नेता माधव नेपाल प्रधानमन्त्री वन्दै, १४९ हस्ताक्षर वोकेर सितलनिवासतिर

नेता माधव नेपाल प्रधानमन्त्री वन्दै, १४९ हस्ताक्षर वोकेर सितलनिवासतिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री वन्ने सम्भावना वढेको छ । राष्ट्रिपतिले दिएको समयभन्दा अगाडि नै प्रधानमन्त्रीका लागि दावी प्रश्तुत गर्नेगरी तयारी भईरहेको एक नेताले जानकारी दिए ।

नेपाललाई प्रधानमन्त्रीमा वहुमत सिद्ध गर्न हस्ताक्षर संकलन भईरहेको ति नेताले वताएका  छन् ।  केहि समयपछि नै आधिकारीक कुरा वाहिर आउने उनले वताए ।

श्रोतका अनुसार १४९ सांसदको हस्ताक्षरसहित देउवा, पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शितल निवासतिर लागेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। कांग्रेस सभापति शेरवहादुर देउवाको निवास वुढानिलकण्ठमा आज विहान भएको छलफलमा नेता नेपाललाई अघि सार्ने सहमति वनेको थियो ।

संविधानको धारा ७६ (५) अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ ५ बजे सकिने छ। त्यसअघि दलहरु एक्लाएक्लै र सामुहिक रुपमा छलफलमा ब्यस्त छन् ।
 

विशेष