News स्वास्थ्य

एड्सको लागि बनेको औषधि कोरोनामा किन परीक्षण गरिँदै छ ?

एड्सको लागि बनेको औषधि कोरोनामा किन परीक्षण गरिँदै छ ?

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार रेम्डेसिभिर वास्तवमा इबोलाका लागि भनेर बनाइएको औषधि हो, एड्सको लागि होइन।

यो त्यसका लागि प्रयोग गरिएता पनि कोरोनाभाइरसको महामारीमा विभिन्न एन्टीभाइरल औषधि प्रयोग गर्ने क्रम सुरु भयो। जसमा चाहिँ यो रेम्डेसिभिरले केही फाइदा भएको हो कि भन्ने कुरा आएको उनी वताउँछन्।

अमेरिकाले यसलाई स्वीकृत पनि गरेको छ। र उसको अनुसन्धानको नतिजाले पाँच दिन अस्पताल भर्नाको लम्बाइ घटाएको भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठनले भने यसको प्रभावकारिता छँदै छैन भन्ने किसिमको नतिजा निकालेको अवस्था छ।

यद्यपि नेपालमा यसको व्यापक माग देखिन्छ। चिकित्सकहरूको अनुभव लिने हो भने कसैलाई ठिकै काम गरेको कसैलाई नगरेको भन्ने छ।

यसको मतलब यो ठिक हो भन्ने कुरा होइन रहेछ भन्ने कुरा बुझिन्छ। तर पनि मानिसहरू कोरोनाभाइरसका कारण जब आइसीयू वा भेन्टिलेटर पुगेका बेला चिकित्सकले केही हुन्छ कि भनेर लेखिदिएको हुन्छ।

अर्को चाहिँ बिरामीका आफन्तले औषधि चलाउन पाए हुन्थ्यो भन्ने आशय देखाउने हुँदा अहिले पनि यसको माग उत्तिकै देखिन्छ।
बीबीसीको सहयोगमा

विशेष