News विदेश स्वास्थ्य

भारतमा कोरोनाको दोस्रो लहरमा परेर ४२० चिकित्सकको मृत्यु

भारतमा कोरोनाको दोस्रो लहरमा परेर ४२० चिकित्सकको मृत्यु

कोरोनाको दोस्रो लहरमा सुरु भएपछि भारतमा ४२० जना डाक्टरको मृत्यु भएको छ।

सबैभन्दा बढी दिल्लीमा १ डाक्टरको मृत्यु भएको छ । गत अप्रिल महिनादेखि तीव्र रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर दिल्लीमा केही दिनयता केही सुस्त देखिएको छ।

इन्डियन मेडिकल एसोसियसनका अनुसार बिहारमा ९६ जना डाक्टरको निधन भएको छ भने उत्तर प्रदेशमा ४१ जनाको निधन भएको छ।

यसै हप्ताको सुरुमा एसोसियसनले भारतमा २७० जना डाक्टरको निधन भएको जनाएको थियो। कोरोनाको दोस्रो लहरमा निधन हुने डाक्टरमा एसोसियसनका पूर्व राष्ट्रिय अध्यक्ष डा. केके अग्रवालसमेत छन्। 

उनको गत सोमबार कोरोना संक्रमणका कारण ६५ वर्षको उमेरमा निधन भएको थियो।

महामारीको पहिलो लहरमा ७४८ जना डाक्टरको निधन भएको थियो। साढे १२ लाखभन्दा धेरै डाक्टर रहेको भारतमा एसोसियसनमा आवद्ध रहेका डाक्टरको संख्या साढे ३ लाख मात्र छ। 
 

विशेष