News

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई तयारीमा जुट्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले घोषित मितिमा निर्वाचन गराउनका लागि तयारी गर्न निर्देशन दिए। सरकारले आगामी कात्तिक २६ र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ।

राजनीतिक निकास अपरिहार्य भएकाले नै देश निर्वाचनतर्फ अघि बढेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन ।
 

विशेष