News स्वास्थ्य

अमेरिकाको सहयोग सामग्री काठमाण्डौं आयो (फोटोसहित)

अमेरिकाको सहयोग सामग्री काठमाण्डौं आयो (फोटोसहित)

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराएको पहिलो चरणको स्वास्थ्य सामाग्री शनिबार काठमाडौं आइपुगेको छ ।

अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका छन् ।

अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्नसहितका सामग्री रहेका जनाईएको छ।

आइतबार १ हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई पटक सामान ल्याउने जनाईएको छ। छन् । यसअघि अमेरीकाले नेपाललाई १०० थान भेन्टिलेटरलगायतका सामग्री उपलब्ध गराएको थियो।

विशेष