News विदेश अपराध सुरक्षा

एअर इण्डियाको सर्भरमा साइबर हमला

एअर इण्डियाको सर्भरमा साइबर हमला

भारतको राष्ट्रिय ध्वजावाहक एअर इण्डियाको सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राही प्रभावित भएका छन् ।

जेनेभास्थित हवाई यात्रु अपरेटर यसआईटीएलाई लक्षित गरिएको उक्त आक्रमणमा एअर इण्डियाका टिकट लिएका यात्रुको नाम,जन्म मिति,सम्पर्क र टिकट नम्बर प्रभावित भएको बताइएको छ ।

तर एअर इण्डियाले भने क्रेडिट कार्डबारेको विवरण निशानामा परेका सर्भरहरूमा नभएको जनाएको छ ।

साइबर–हमलाबाट विश्वभरका लाखौं यात्रुहरूको सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्म दर्ता भएका सबै व्यक्तिगत जानकारी चोरिएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले भने आफ्ना यात्रुहरूलाई डाटाको दुरुपयोग नभएको भन्दै आश्वस्त तुल्याउने प्रयास गरेको छ ।

डाटाको दुरुपयोग नभए पनि आफ्नो गोप्य डाटाको सुरक्षा गर्न उसले सबैलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले त्यसपछि कुनै पनि किसिमको थप अनाधिकृत गतिविधि नभएको जनाएको छ ।

सन् २०१८ मा चार लाख सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्डसम्बन्धी विवरण प्रभावित भएपछि गत बर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो।
जनआस्था
 

विशेष