News राजनीति

देउवाले राष्ट्रपतिलाई ‘तपाई’ नभनेकोमा प्रम ओलीको आपत्ति

देउवाले राष्ट्रपतिलाई ‘तपाई’ नभनेकोमा प्रम ओलीको आपत्ति

राष्ट्रपतिलाई तपाई नभनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

बालुवाटारमा शनिबार बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवन पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई ‘तपाईं’ समेत भन्न हुँदैन भन्ने ठानेको भन्दै देउवाको भाषाप्रति आपत्ति जनाए।

कांग्रेससँग सभ्यता नभएको ओलीले बताए। देउवाको भाषा देखेपछि गणतन्त्र खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्दै अचम्मा परेको उनको भनाई थियो ।

‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन्। असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन। नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’– ओलीले भने ।

एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल आफ्नो दलको सरकार गिराएर प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना गरे।
 

विशेष