News राजनीति

यथास्थितिमा चुनाब भए आफुहरुको २० सिट पनि नआउने ओलीको स्विकारोक्ती !

यथास्थितिमा चुनाब भए आफुहरुको २० सिट पनि नआउने ओलीको स्विकारोक्ती !

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा चुनाव गर्ने घोषणा गरिन। तर, भित्री मनसाय भने चुनाव गराउने भन्दा पनि तत्कालको संकट टार्ने मनसाय देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक ताजा जनमतको कुरा गर्छन। चुनावमा जाने भन्दै दुई पटक प्रतिनिधि सभा भंग गरे । तर, उनको भित्री मनसाय भने तत्काल चुनावमा जाने छैन । प्रधानमन्त्रीलाई विभिन्न स्रोतबाट देशभरको रिपोर्ट आउँछ। सेना, प्रहरी, पार्टी संगठन, दूतावासहरु लगायतवाट उनले सूचनाहरु लिईनै रहेका हुन्छन्। यतिमात्र होईन, गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री आन्तर्गत राखिएको छ। त्यसैले देशको वर्तमान राजनीतिक अवस्थाका वारेमा उनी अनभिज्ञ पक्कै पनि छैनन् ।

चुनावी वातावरणकै कुरा गर्दा संविधानसभाको निर्वाचन अघिको अवस्थालाई स्मरण गरौं। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई सूचना आयो– कांग्रेस नराम्रोसँग हार्छ, निर्वाचन रोके राम्रो । कोइरालाले निर्वाचन नभए देशले हार्ने भन्दै निर्वाचन गराए । उनी चुनाव प्रचार–प्रसारमा समेत गएनन ।

अहिले प्रधानमन्त्रीको ओलीको अवस्था पनि त्यस्तै छ। देशभरवाट त्यस्तै सूचनाहरु आइरहेका छन्– यथास्थितिमा चुनाव भए एमालेको २० सीट पनि आउदैन। यो कुरा ओलीले पनि स्विकारेका छन् । श्रोतका अनुसार माधब नेपाल पक्षले धेरै सीट नजिते पनि सबैजसो ठाऊँमा ओली पक्षलाई हराउन सक्ने खुबी राख्छ, जिल्ला जिल्लामा ओलीको तुलनामा माधब पक्ष बलियो छ। प्रदेश १ र ५ का केही जिल्लाबाहेक अधिकांश जिल्लामा ओलीको तुलनामा माधब पक्षको जनसंगठन राम्रो छ। भारतीय खुबिया एजेंसीका प्रमुखसँगको भेट र कोरोनाबारे खिसिट्युरी गरेपछि काठमाण्डौं लगायतका पहाडी क्षेत्रमा ओलीलाई गफाड़ीका रूपमा बुझन थालिएको रिपोर्ट ओलीसम्म पुगेको छ ।

उनलाई माधव नेपाललाई अलग हुन नदिन पार्टी भित्र र बाहिरबाट दबाब छ । ‘हाम्रा अध्यक्ष घर जलाएर आगो तापिरहेका छन्’ भनेर ओली समुहका नेताहरुले भन्न थालेका छन। माधव नेपाल पक्ष र माओबादी मिलेर चुनाव लडेमा दोस्रो शक्ति त्यही हुने ओली पक्षकै निष्कर्ष छ । यस्तो अबस्थामा ओलीले चुनावकै लागि किन मरिहत्ते गरे ? ओलीले निकटस्थहरु सँग भने– ‘आइडिया इस ग्रेटर देन इंडिया !’ उनले यथास्थितिमा २० सीट नआउने तर आइडिया लगाए १०० सीट पुग्ने विश्वास निकटवर्तीसँग ब्यक्त गरेका छन । साधन, स्रोत र सत्ताको उपयोग गर्ने अनि साम, दाम, दण्ड, भेद सबै उपयोग गर्ने ओलीको योजना रहेको बताइन्छ ।

चुनावी वजेटमा ध्यान
प्रधानमन्त्री ओलीले ४ वर्ष अघि ‘६ महिनाभित्र मासिक ५ हजार भत्ता वृद्धवृद्धाका हात–हातमा पुग्ने’ भन्दै भाषण चुटे। तर, यत्तिका समय वितिसक्दा पनि पैसा आएन । वरु, सामाजिक सुरक्षा भत्ताका लागि देशका कतिपय ठाउँमा आन्दोलन नै गर्नु पर्यो । तत्कालीन अर्थमन्त्रीले सामाजिक सुरक्षाका नाममा ५ हजार बाँडे देश चल्न नसक्ने अभिब्यक्ति दिए ।

प्रधानमन्त्री वनेपछि ओलीले भत्ताबारे चासो पनि देखाएनन । तर, सत्ताको लडाइमा अब ओलीलाई देशको भन्दा आफ्नो अस्तित्वको चिन्ता बढी देखिन थालेको छ । उनले बृदभत्ता ५ हजार पुर्याउने र भत्ता पाउने उमेर तथा समुह फराकिलो पार्ने योजना वनाएका छन् । प्रचण्ड र माधब नेपालका कारण आफूले चाहेर पनि पहिला दिन नपाएको भन्दै भत्ता वितरण गर्ने तयारी थालिएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ।

यस्ता कतिपय विषयमा अर्थमन्त्री बिष्णु पौडेललाई समेत क्रस गरीको छ। प्रधानमन्त्री ओलीको लहडमा बजेट बनाए ओली उत्रिने तर, देशभने दुब्ने कर्मचारीहरु वताउँछन् ।

यति मात्र होईन, चुनावकै तयारीका लागि जथाभावी सरुवा मनलागदी बजेट बिनियोजन र स्थानान्तरणबाट अर्थका कर्मचारी आजित छन्। तर, घुस्याह कर्मचारी भने मालामाल भैरहेको ति कर्मचारीको भनाई छ।


सजिलो छैन चुनाव
ओलीले जतिसुकै गुड्डी उडाएपनि अवको चुनाव उनका लागि सहज छैन। अघिल्लो चुनावमा उनले सार्वजनिक गरेको घोषणा पत्र र वेला वेला छरेका वाचा नै ओलीका लागि घातक सिद्ध हुने पक्का छ ।

कोरोना महामारीमा जनताको वेवास्ता र खिसिट्विीरी, भ्रष्टारीको संरक्षण, निर्मला हत्या प्रकरण, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, खोपमा ढिलासुस्ति लगायतका कुराले ओलीको साख गिराएको छ । यसैगरी, लिपुलेक, लिम्पियाधुरादेखि कालापानीसम्मको नेपालले जग्गा फिर्ता गर्ने विषयमा पछिल्लो समय उनले देखाएको उदासिनता पनि उनको पतनको कारण वन्न सन्ने जानकारहरु वताउँछन् ।

रेल, पानी जहाज, घरघरमा ग्याँस भन्दै वाँडेका आश्वासको कार्यान्वयनको कुरा छोडौं कुरा समेत हुन छोडेको छ। १० वर्षअघि भएको सम्झौता अनुसार आएको रेल पनि घुम्टो ओढाएर राखिएको छ । 

यसैगरी, अघिल्लो चुनावमा उनले जारी गरेको घोषणा पत्र पनि ओलीलाई अवको चुनावमा वाधक वन्ने विश्लेषकहरु वताउँछन् । घोषणा पत्रमा १० वर्षमा आर्थिक रुपान्तरण हुने, १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने, कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाइने र सम्पूर्ण नेपाली जनताको ऊर्जा आर्थिक विकासमा केन्द्रित गर्ने गरी देशको सम्पूर्ण क्षमता परिचालन गरिने र पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने उनको सङ्कल्प कागजमै सिमित छ।

नेपाललाई २५ वर्षभित्र समृद्ध राष्ट्रको हाराहारीमा पु¥याउने, १० वर्षभित्र मध्यम आय भएको मुलुकको स्तरमा उठाउने र आगामी ५ वर्षभित्र अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउने पूर्व घोषित सङ्कल्पलाई पूरा गर्न सही राजनीतिक विचार र सही नेतृत्व आवश्यक हुने भन्दै एमालेले मत मागेको अहिले पनि जनतामा ताजै छ।

१० वर्षमा ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार र बजार प्रवद्र्धनको कामलाई अगाडि बढाइने र आगामी १० वर्षभित्र नेपालको सम्पूर्ण उत्पादन गतिविधिलाई औद्योगीकरणमा समाहित गरिने ओलीले वाचा गरेका थिए । तराईमा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गर्ने भनिएको थियो, ति मध्ये एउटा पनि काम गरिएको छैन ।

अवको चुनावमा अरुका कारण नभई ओली आफनै वोली, ब्यवाहार र घमण्डका कारण पातालमा पुग्न सक्ने विश्लेषकहरु वताउँछन् ।

विशेष