News

ओलीको कदम विरुद्ध पूर्वराजा ज्ञानेन्द्र पनि !

ओलीको कदम विरुद्ध पूर्वराजा ज्ञानेन्द्र पनि !

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो राजनीतिक घट्नाक्रमले देश दुर्घटनातर्फ गएको उनको टिप्पणी छ ।

जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महामारीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् । विश्वब्यापाी माहामारीका वेलामा पनि देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा नगर्ने उनको चेतावीन छ।

ट्वीटर मार्फत उनले भनेका छन्– ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

विशेष