News

भारतीय राजदुतलाई भेटेर राजेन्द्र महतो वालुवाटारमा

भारतीय राजदुतलाई भेटेर राजेन्द्र महतो वालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो भारतीय राजदुतसँग भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका छन् ।

शनिवार साँझ प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुरसँगै महतो बालुवाटार पुगेका हुन् । 

यसअघि महतोले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका थिए । राजदूत क्वात्रासँग भेट गर्न महतो काठमाडौंको लौनचौरस्थित भारतीय दूतावास नै पुगेको जनाईएको छ ।

बिहान करिव ११ वजेदेखि साढे १२ बजेसम्म उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । 
 

विशेष