News राजनीति

महन्थ र राजेन्द्रलाई स्पष्टिकरण सोध्ने उपेन्द्र पक्षको निर्णय

महन्थ र राजेन्द्रलाई स्पष्टिकरण सोध्ने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नआए विधानअनुसार कारवाही गर्ने पार्टीले निर्णय गरेको छ ।

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिको शनिवारको वैठकमा ३१ सदस्यको उपस्थिती थियो । सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा वैठक वसको थियो । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वैठक वसेको एक नेताले वताए । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु भने अनुपस्थित थिए ।

जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए । 
 

विशेष