News अर्थ

वृद्ध भत्ता ५ हजार पुर्याउने र कर्मचारीको तलव वढाउने सरकारको तयारी

वृद्ध भत्ता ५ हजार पुर्याउने र कर्मचारीको तलव वढाउने सरकारको तयारी

सरकारले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष रुचीमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउन लागिएको हो । प्रधानमन्त्री ओलीले ४ वर्ष अघि नै मासिक ५ हजार भत्ता वृद्धवृद्धाका हात–हातमा पु¥याउने घोषणा गरेका थिए ।

तत्कालीन अर्थमन्त्रीले सामाजिक सुरक्षाका नाममा ५ हजार बाँडे देश चल्न नसक्ने अभिब्यक्ति दिएपछि ओलीको घोषणा कार्यान्वयनमा आउन सकेको थिए ।

यसैगरी, सरकारले कर्मचारीको तलव पनि वढाउन लागेको छ। अर्थ मन्त्रालय श्रोतका अनुसार कर्मचारीको तलवमा पनि प्रधानमन्त्री ओलीले चासो ब्यक्त गरेका छन् ।

आलोचकहरुले भने चुनावलाई लक्षित गरेर ओलीले वजेट तयार गर्न थालेको आरोप लगाएका छन् । उपलब्धि र विकास निर्माणलाई हेरेर भन्दा पनि ‘फेन्सी’ वजेटमा ओलीको ध्यान जानु देशका लागि दुर्भाग्य हुने उनीहरुको भनाई छ।
 

विशेष