News

रुकमांगत कटुवाल गृहमन्त्री !

रुकमांगत कटुवाल गृहमन्त्री !

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ ।

 
कटुवाल प्रकरणका कारण प्रचण्डको पहिलो कार्यकाल सकिएको थियो । प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दुस्साहस गरेका थिए । पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको स्वाद चाखेर २०६६ जेठ ११ गते प्रचण्डले प्रधानमन्त्रीबाट हात धुनु परेको थियो । 


तत्कालिन सेनापती कटुवाललाई आफ्नो कार्यकाल थप्ने कटुवालको तीव्र इक्षा तत्कालीन प्रधानमंत्री माधब नेपालका कारण तुहिएको थियो । माधब नेपाललाई आफूले प्रधानमन्त्री बनाएको खुलेयाम गफ दिन थालेपछि नेपाल कटुवालसँग चिडिएका थिए । कटुवाललाई गृहमन्त्री बनाएर प्रचण्ड विरोधी र राजाबादीको मन जित्न सकिने ओलीको बुझाई छ ।

यता ईश्वर पोखरेलले गृहमन्त्रीको आश गरिरहेका छन ।


कटुवाललाई गणतन्त्र विरोधी भएको आरोप लाग्ने गरेको छ । अमेरीकाको भर्जिनियामा भएको एक कार्यक्रममा कटुवालले संघियताका कारण देश टुक्रिने प्रतिक्रिया दिएका थिए । गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको नेपाली सेनाका पुर्व प्रधान सेनापती तुलबहादुर खड्का बताउँछन । खड्का भन्छन्, ‘गणतन्त्र ल्याउन दिन, नदिन कटुवालले के कति भुमिका खेले भन्ने दुनियाँसामु जगजाहेर रहेको छ ।’ 

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल रुकमांगत कटुवाल

विशेष