News राजनीति

संसद विघटनपछि एमालेको पहिलो स्थायी कमिटी वैठक आह्वान

संसद विघटनपछि एमालेको पहिलो स्थायी कमिटी वैठक आह्वान

प्रतिनिधि सभा विघटनपछि नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठक वोलाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न ४ बजे बस्ने गरी बैठक वोलाईएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाईएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

संसद भंग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए भने ओलीले १५३ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

संसद विघटनको विरोधमा एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहसहित विपक्षी गठबन्धन विरोधमा छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता टिकाउनकै लागि यस्तो कदम चालिएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

विशेष