News समाज देश

ओलीका हनुमानद्वारा पत्रकार श्रेष्ठमाथि प्रचण्डको जुम्रा र धन लुकाउने सारथी भएको आरोप

ओलीका हनुमानद्वारा पत्रकार श्रेष्ठमाथि प्रचण्डको जुम्रा र धन लुकाउने सारथी भएको आरोप

२ असोज ०७७ मा भारतवाट दुइ वटा रेल नेपाल आए। रेलसँग फोटो खिच्न तँछाडमछाड मात्रै चलेन अब नेपालको आफ्नै रेल चल्ने आशामा आम नेपालीको मनमा खुसीको सञ्चार भयो । तर, रेल त्यसै दिनदेखि थन्किएका छन् ।

जयनगर–जनकपुर रेलमार्गअन्तर्गत धनुषाको इनर्वास्थित स्टेसनमा पालले छोपेर रेललाई थन्क्याईएको छ । यसरी हेर्दा नेपालीहरुका लागि रेल भनेको ‘हात्ती आयो, हात्ती आयो–फुस्सा’ भने जस्तै छ। रेल कहिलेदेखि सञ्चालन हुन्छ ? यसको उत्तर कसैसँग छैन। मुख्य कुरा त रेल सञ्चालनका लागि अहिलेसम्म न कानुन छ न कर्मचारी ।

रेल्वे कम्पनीमा जे जति काम भएको थियो, त्यो पनि वेकार भएको छ। सरकारले नियुक्त गरेका कर्मचारी/पादाधिकारी फुर्सदीला छन्। रेल नै नचलेपछि फुर्सद नहुने कुरा पनि भएन। यहि फुर्सदको मौका पारेर नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफनो समय सामाजिक सञ्जालमा खर्च गरिरहेका छन् ।

यतिवेला भट्टराईको काम भनेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको किर्तन गाउनु र उनी विरुद्ध वोल्ने र लेख्नेहरुको दोहोलो काड्नु’ भएको छ। सामाजिक सञ्चालमा उनले आतंक नै मच्चाएका छन्। एक समय थियो– केटाकेटीलाई डराउनु पर्दा अभिवावकले ‘भुत’ को नाम लिन्थे । अहिले कसैलाई होच्याउनु वा तर्साउनु पर्दा गुरु भट्टराईको नाम लिने गरिन्छ। सामाजिक सञ्चालनमा कसैको विचार र कमेन्ट मन नपरे ‘तेरो स्ट्याटसमा गुरु भट्टराईले कमेन्ट गरोस्’ भन्दै लेख्न थालिएको छ। यो सत्यले पनि सामाजिक सञ्जालमा गुरु भट्टराईको आतंकलाई प्रष्ट पार्छ ।

हुँदा–हुँदा भट्टराई अव पत्रकारहरुसँग लाप्पा खेल्न थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि आह्वान गरिन । शुक्रवार साँझ ५ वजेसम्मको समय सिमा निर्धारण गरेर दावी पेश गर्न भनिएपछि दलका नेताहरुले उक्त कदमको विरोध गर्दै सरकार गठनको तयारी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि विचमा उपलब्ध सम्पादकहरुको भेला वोलाएर आफुले विश्वासको मत नपाउने भएकाले समय खेर फाल्नु भन्दा पहिलानै संविधानको धारा ७६ (५) को प्रकृया सुरु गरिएको दलिल पेश गरे ।

तर, त्यसको केहि समयपछि नै धारा ७६(५) को प्रधानमन्त्री वन्न  आफुसँग वुहमत सांसदको समर्थन रहेको भन्दै उनी सितल निवास पुगे । ओलीको यो कदमको विरोध भयो । ‘वहुमत सांसदको समर्थन रहेको ब्यक्तिले संसदमा विश्वासको मत किन नलिएको’ भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाईयो । यहि प्रश्नलाई अनलाईन मिडियाहरुले समाचार वनाए । 

यो समाचारको विषयलाई लिएर गुरु भट्टराईले सामाजिक सञ्चालमा पत्रकारकै उछित्तो काढे। उनले लेखे– ‘ओइ पत्रकार! दिउँसो प्रमले ७६–४ अनुसार विश्वासको मत लिन सक्दिन भनेको हो । ७६–५ अनुसार सरकार बनाउँन बहुमत छैन भनेका हुन् र? ७६–५ मा गएपछीको कुरो अर्कै हुन्छ । कुमाइको घुमाइ यीनले बुझ्न धेरै समय लाग्छ । अब रोइलो नगर । माकुनेका नक्कली हस्ताक्षरले सरकार बन्दैन ।’

http://

रेल वे कम्पनीको महाप्रबन्धक जस्तो ब्यक्तिले यसरी लेख्न थालेपछि जनआस्था डटकमले त्यसलाई पनि समाचार वनायो । पत्रकारको काम भनेकै जनताको चासोका विषयहरु उनीहरुलाई सामग्रीको रुपमा प्रश्तुत गर्नु हो । सार्वजनिक पद धारण गरेको ब्यक्तिको जिवनचर्याका विषयमा जान्न पाउनु जनताको अधिकार हो। सोहि मान्यताका आधारमा उनको भनाई समाचार वन्यो।

त्यसपछि त भट्टराई झन आगो भएका छन् । लगत्तै उनले फेसवुकमा लामो स्ट्याटर लेखेर जनआस्थाका किशोर श्रेष्ठलाई अप शब्द प्रयोग गरेका छन् । ‘जनआस्थाका सम्पादक तथा प्रचण्डका जुम्रा किशोर श्रेष्ठ गुरु भट्टराई देखेर रातभरी सुत्दैनन। मेरा फेसबूकका स्ट्याटस प्राय नबिराइ छाप्छन र बिषयमा एक पित्की टिप्पडी नगरी ओलिको भजन गाएको भनेर लेख्छन। किशोर श्रेष्ठजी, मदन भण्डारीको हत्याको बिषयमा नक्कली टिएन प्रधान बनेर दुनियाँलाई बेबकुफ बनाउने तपाईं जस्ता पत्रकारिताको नाममा कलङ्क म हैन’ उनले लेखेका छन्–‘तपाईं पछील्लो समय प्रचण्डको पुच्छर भएको र उनले लुटेको धन लुकाउने सारथी समेत भएको दुनियाँलाई थाहा छ। गुरु भट्टराईको बिषयमा धाराबाहिक लेखेर भुत्लो रौ पनि भेटिदैन।’

भट्टराईका यस्ता कृत्यले सामान्य नागरिक मात्र होईन, नेकपा एमालेका नेता कार्यकर्ता समेत आजित छन् । प्रधानमन्त्री ओलीले रेल्वे कम्पनीमा नियुक्ती गरेको गुन तिर्न भट्टराईले साईवर सेनाका रुपमा काम गरिरहेको उनीहरुको भनाई छ। ‘ओलीको भजन गाउन अस्विकार गर्ने जति सवैको उछित्तो काढ्ने काममा भट्टराई नियोजित रुपमा खटाईएका छन्’ माधव नेपाल पक्षका नेताहरु भन्छन–‘नियुक्ति नाम मात्रैको रेलवे कम्पनीको हो। उनको काम भनेकै ओली विरुद्ध वोल्नेहरुको मान मर्दन गर्नु हो। उनले त्यसैको सेवा सुविधा लिन्छन्।’

http://

किशोर श्रेष्ठ ओलीका हनुमान गुरु भट्टराई रेलवे कम्पनी

विशेष