News

कांग्रेस ‘प्रचण्डपथ’ मा हिंडेको ओलीको आरोप

कांग्रेस ‘प्रचण्डपथ’ मा हिंडेको ओलीको आरोप

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई ‘प्रचण्डपथ’ मा हिंडेको आरोप लगाएका छन्।

बालुवाटारमा आइतबार प्रेस चौतारीसम्बद्ध पत्रकारहरूसँगको अन्तक्रियामा वोल्दै ओलीले –‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ, उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर, प्रचण्डपथमा हिंड्न थालेको छ’ भने।

केपी ओलीले गरेको चुनावमा भाग नलिने भन्दै हिडेको प्रति टिप्पणी गर्दै ओलीले भने–‘त्यसो हो भने कसले गरेको चुनावमा भाग लिने? कांग्रेसले टिको लगाएर प्रधानमन्त्री चयन गर्ने की?

प्रधानमन्त्री ओलीले हैसियत अनुसारको पद लिएर आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

‘७ वटा मन्त्रालय  खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’
 

विशेष