News स्वास्थ्य

कोरोनाका कारण पूर्व राज्यमन्त्री घिमिरेको मृत्यु

कोरोनाका कारण पूर्व राज्यमन्त्री घिमिरेको मृत्यु

पूर्व राज्यमन्त्री राधाप्रसाद घिमिरेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

उनको शनिबार राति करिब ९ बजे नोबेल शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएका विराटनगर महानगरपालिका २ का ९१ वर्षीय घिमिरेको शनिबार पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

पञ्चायतकामा उनी ९ वटा मन्त्रालयमा राज्यमन्त्री थिए । २०३२ सालमा राजा वीरेन्द्र शाहले उनलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए भने त्यसपछि सूचना तथा सञ्चार, शिक्षा, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा राज्यमन्त्री वनेको स्थानीयहरले वताए ।

२०१७ सालसम्म कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका घिमिरे पञ्चायती व्यवस्था सुरु भएपछि पार्टी परित्याग गर्दै पञ्चायतमा प्रवेश गरेका थिए। 

विशेष