News

५ महिनाभित्रै कोरोनाको खोपः प्रधानमन्त्री

५ महिनाभित्रै कोरोनाको खोपः प्रधानमन्त्री

केहि महिना अघि ३ महिना भित्र सवैलाई कोरोनाको खोप लगाईसक्ने भनेर आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी अर्को वाचा गरेका छन् । उनले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताए।

आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी एजेण्डाका रुपमा जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको दावी गरे।

उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए । प्रधानमन्त्री ओलीले अघि भने, विभन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’

सरकारले आगामी कात्तिक २६ र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ।
 

विशेष