News

कोरोनाबाट थप १९३ को मृत्यु, मृतकको संख्या ६३४६ पुग्यो

कोरोनाबाट थप १९३ को मृत्यु, मृतकको संख्या ६३४६ पुग्यो

कोरोना संक्रमणबाट थप १ सय ९३ मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ।

२४ घण्टामा कोरोना संक्रमबाट थप ७ हजार ९ सय १४ जना संक्रमित भएका छन् । १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९५ र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा ३ सय १६ जना संक्रिमत थपिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना संक्रिय संक्रिमत रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये १ लाख ८ हजार ९ सय ६५ जना होम आइशोलेशनमा र ७ हजार ३ सय ४९ जना संस्थागत आइशोलेशनमा छन्।

हाल देशभरका अस्पतालमा १७ सय २१ जनाको आइसीयू र ४ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

आज ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक संक्रमण दर र निको हुने दर बराबरी जस्तै छ ।
 

विशेष