News

ह्विप नमान्ने एमालेका १४ सांसदले वुझाए स्पष्टिकरण

ह्विप नमान्ने एमालेका १४ सांसदले वुझाए स्पष्टिकरण

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘वादल’ लाई मत नदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।

बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।

शनिबार बसेको बोर्ड वैठकले शाक्यसहित राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाँई , लक्ष्मण लम्साल, ईन्द्रमाया गुरुङ , कृष्ण प्रसाद खनाल, बसन्त प्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरिएको थियो।

बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए कारबाही गरिने उनले बताए। गत बिहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल समुहले पार्टीको ह्वीप नमानी खिमलाल देवकोटालाई मतदान गरेको थियो ।
 

विशेष