News

पूर्व प्रम भट्टराईद्वारा आफनै पार्टीका नेतालाई भिखारीको संज्ञा

पूर्व प्रम भट्टराईद्वारा आफनै पार्टीका नेतालाई भिखारीको संज्ञा

पूर्व प्रधानमन्त्री एवम् जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले आफनै पार्टीका नेताहरुलाई भिखारीको संज्ञा दिएका छन् ।

सत्ता गठवन्धनका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायएका नेताहरुलाई लक्षित गरी उनले भिखारीको संज्ञा दिएका हुन।

आईतवार साँझ ट्वीट गर्दै उनले लेखेका छन्–‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसंग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टाः एउटा भिखारीले चिट्ठा किनेछ। अर्कोले सोधेछ–एक करोड पाए के गर्छस? –गाडी किन्छु!– गाडीले के गर्छस?– गाडी चढेर माग्न जान्छु !!’

विशेष