News

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारी

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारी

प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी दलहरुले तयारी सुरु गरेका छन् ।

सिंह दरवार स्थित काँग्रेस संसदीय दलको कार्यालयमा पाँद दलका नेताहरु कानुन व्यवसायीसँग परामर्शमा जुटेका छन्। छलफलमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका दोस्रो तहका नेताहरु सहभागी छन्।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले अदालतमा रिट दायर गर्न कागजात जम्मा गर्ने तथा अन्य सम्पुर्ण तयारी भईरहेको वताए । तयार सम्पन्न भएपछि अदालत जाने तयारी भईरहेको उनले वताए ।

शनिबार वसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको थियो । वैठकले १४९ जना सांसदको उपस्थितीमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने निर्णय गरेको थियो । 
 

विशेष