News

राष्ट्रपति र प्रधानमन्त्रिलाई गोबर उपहार

राष्ट्रपति र प्रधानमन्त्रिलाई गोबर उपहार

नेपाल विद्यार्थी संघले संसद विघटन र नयाँ चुनाव घोषणाको विरोध जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघले सांकेतिक तरिकाबाट गोबर उपहार दिएको छ ।

 

आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्दै ‘मस्तिष्कमा गोबरधारी महामहिम जोडीलाई गोबर उपहार’ लेखेर भित्तामा टासेँका थिए । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

 
प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्यापेको भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । 


नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग समेत गरेको छ । नेपाल विद्यार्थी संघले लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न  ढिलो गर्न नहुने बताएको छ ।
 

राष्ट्रपति र प्रधानमन्त्रिलाई गोबर उपहार

विशेष