News राजनीति

ओलीको विकल्प कोहि छैन भन्ने मन्त्री उशाकला राईले पाईन यस्तो जबाफ !

ओलीको विकल्प कोहि छैन भन्ने मन्त्री उशाकला राईले पाईन यस्तो जबाफ !

नेकपा एमालेकी नेत्री तथा प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिन् ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आन्तरिक विवादका कारण पार्टी फुटको संघारमा पुगेका वेला कहिले यता–कहिले उता गरेर चर्चामा आएकी राई अहिले ओली खेमामा छिन् ।  ओली खेमामा आउनासाथ उनी प्रदेश १ मा मन्त्री वनिन्। 

यसै क्रममा सामाजिक सञ्जालमा मन्त्री राईले प्रधानमन्त्री ओलीको वढाई–चढाई गरिन् । उनले लेखेकी छिन्– ‘केपीको विकल्प कोही छैन यो देशमा, जति गाली सहनु छ सहन्छु तर बांकि कुरो म अव मान्दिन ।’

उनको यस स्ट्याटसलाई लिएर निकै आलोचना भईरहेको छ। सञ्जिव केसी लेख्छन्–‘प्रतिमा स्थापना गरेर पुजा गर्नुस। समानुपातिक बाट सांसद बनाइहाल्छ।’

यसैगरी, टंकशिला लेख्छन्–‘केपीको फोटो प्रतिमा घरघर, चोक, गल्ली गल्लिमा राखेर दिपावली गरौ न हो ।’

तिर्थ सिग्देलले ‘भगवानको त बिकल्प हुन्छ । कस्तो तर्क गरेको मन्त्रीज्युले ? जाबो मान्छे त । राजाको बिकल्प छैन भन्थे उनी बिरुद्द लडाइँ लडेको बिर्सनु भए जस्तो छ’ भन्दै लेखेका छन् भने गणेश राईले ‘मन्त्री प्राप्त भएपश्चात होला यो गुमेपछी पुन पहिले कै स्थानमा आउनु हुन्छ भन्ने लागेको छ’ भन्दै लेखेका छन् ।

यस्तै, हुमसुमारी मगरले लेखेका छन्–‘यो अति चाकरी गर्नु त्यति आवश्यक छैन। बरु, तपाईंले उठाएको ‘कोदो व्राण्ड’ ओलीको गतिविधि भन्दा हजारौं गुणा असल छ। त्यस्लाई सफल पार्नेतिर लागौं न। त्यसो गर्न सफल हुनु भयो भने जनता तपाईंको पक्षमा रहने छन् ।’

विजय कंभा लिम्वुले ‘अन्धोभक्त हुनको पनि सीमा हुन्छ नि हैट्! अरबौ खर्च र हजारौ नेपालीको बलिदानपछि बनाएको संबिधानको चीरहरण गर्न कसरी मिल्छ? ओलीले मन्त्री पद दियो भन्दैमा उसको जुत्तानै चाट्नु त हन्न नि’ भन्दै लेखेका छन् ।

यस्तै नारायण पौडेलले ‘निर्विकल्प भन्ने केही हुन्न माक्र्सवादमा ? मेरो लागि केपी बाहेक कोही विकल्प छैन यो देशमा भन्न पाइयो तर देशका लागि त हरेक नागरिक विकल्प हुन भन्ने बुझनु पर्यो’ लेखेका छन्।

यसैगरी, कृष्ण लामिछाने र दुर्गा कार्की र हरिवोल आचार्यले ‘मार्क्सवादीले त सापेक्षतालाई स्विकार्छ, हजुरहरुले त सामान्तबाद्लाइ स्विकार गर्नुभयो र त ब्यक्तिको बिकल्प देख्नुहुन्न र कमरेडी शैली छोडेर बा प्रवृत्ति अङ्गाल्नु भो। जे भएपनी जोडिले नै राज्य दोहनको अबसर पाउनु भएको छ बधाई छ’ भन्दै आलोचना गरेका छन् ।

‘केपी ओली भएमात्र आफ्नो पद सुरक्षित हुन्छ भन्दिनु न सिधै दिदी । नभने पनि बुझ्न चैं सकिन्छ है’ भनेर पनि मन्त्री राईको ओलोचना गरिएको छ। 
 
मन्त्री राई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री शेरबहादुर तामाङकी पत्नि हुन । नेकपामा विवाद आउँदा ओली समुहमा रहेका दम्पत्ति पछि प्रचण्ड–नेपाल समूहमा लागेका थिए । तर, उनीहरु लामो समय उक्त समुहमा रहन सकेनन। दुवै जना ओली समूहमा फर्किए। 

विशेष