News देश राजनीति

डाहा गरेर हुन्छ ? प्रेम त रास्ट्रपतिको जस्तो हुनुपर्छ !

डाहा गरेर हुन्छ ? प्रेम त रास्ट्रपतिको जस्तो हुनुपर्छ !

मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो कदमलाई लिएर देशभरी चर्चा छ। दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि ५ राजनीतिक दलले सर्वोच्च अदालतमा मुद्धा हाल्नेसम्मको तयारी गरिरहेका छन् भने ओलीको निर्णय विरुद्ध आन्दोलनको तयारी पनि सुरु भएको छ ।

यो प्रकरणमा प्रधानमन्त्री ओली मात्र होईन, दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरिरहेका छन् । हुन त राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सम्वन्धलाई लिएर वेला–वेलामा निकै चर्चा हुन्छ। राष्ट्रपतिले आफनो पदिय मर्यादा विर्सेर ओलीका गलत कृयाकलापमा पनि समर्थन गर्ने गरेको भन्दै आलोचना पनि हुन्छ। 

प्रधानमन्त्रीका हरेक कुरामा कुनै सोच विचार नगरी आँखा चिम्मेलर समर्थन र सहयोग गर्ने गरेको आरोप उनीमाथि छ। ओलीलाई वहुमतको प्रधानमन्त्री वनाउने प्रकरण, संविधानको धारा ७६(५) को प्रयोग होस वा प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्ने विषयलाई लिएर होस– उनका हरके कदम आलोचित छन् । 

यति मात्रै होईन, यसअघि प्रधानमन्त्री ओलीले पुष ५ गते आइतबार प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरिन। त्यति वेला पनि उनको आलोचना र टिकाटिप्पणी अझै वढेको थियो। यी यावत घटनापछि त विद्या भण्डारी ‘नेकपाको पनि एक पक्षिय राष्ट्रपति’ भएको भन्दै आलोचना भईरहेकी छन्।

कम्युनिष्ट युवा नेता रामप्रसाद रिजाल त राष्ट्रपति र प्रधानमन्त्रीको सम्वन्ध आवश्यक्ता भन्दा वढि घनिष्ट हुँदा देशले दुःख पाएको वताउँछन्। ‘यो सम्वन्ध मुलुकलाई अस्थिरतातिर धकेल्ने किसिमले अघि वढिरहेको छ। ब्यवस्थालाई समाप्त पार्ने किसिमले अघि वढेको छ’–उनी भन्छन्।

देश सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयमा जान नसक्ने तर, राष्ट्रपतिलाई दिनमा ४ पटक भेटन जान सकने भन्दै रिजाल भन्छन्–‘प्रधानमन्त्रीले दिनमै ४ पटक राष्ट्रपतिलाई भेटनु पर्ने यो कस्तो खालको राजनीति भईरहेको छ?’

प्रधानमन्त्री र राष्ट्रपतिको सम्वन्ध मुलुकलाई वर्वादीतिर लैजाने र ब्यवस्थालाई समाप्त पार्ने हिसावले अघि वढिरहेको रिजालको वुझाई छ । 

‘ओलीको कदमलाई साथ दिएर विद्यादेवी भण्डारी पनि त्यहि वाटोमा अघि वढ्नु भो। ओलीका हरेक गलत, निरंकुश र प्रतिगामी कदमको मतियार हुनुभो’ रिजाल भन्छन्–‘वहाँ त राष्ट्रको होईन, ओलीको मात्र राष्ट्रपति हुनु हुँदो रहेछ । जस्ता सुकै गलत कार्यलाई पनि वहाँले स्विकृति दिनुभो ।’

एमाले नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले त विद्या भण्डारीलाई राष्ट्रपति छोडेर चुनावको तयारी गर्न र वालकोटै गएपनि हुन्छ भन्दै सार्वजनिक अभिब्यक्ति नै दिईन्। उनको यो अभिब्यक्तिको निकै आलोचना भयो र तनावपुर्ण अवस्था कै श्रृजना गर्यो। यस प्रसंगमा झाँक्री पक्राउ पनि परिन।
 
तर, इतिहाँस हेर्दा ओली र भण्डारीको राजनीतिक सम्वन्ध आज मात्र होईन, निकै अघि देखि नै घनिष्ट देखिएको छ। 

नहोस पनि किन ? विद्या भण्डारी ओली कै जोडवलमा रास्ट्रपति वनिन्। एमाले नेताहरुका अनुसार विद्याको राजनीतिक संघर्षमा ओलीको ठुलो योगदान छ। अहिले ओलीलाई गार्हो–साह्रो परेको बेला भण्डारीले सहयोग गर्ने गरेकी छिन् । आफुलाई परेको समयमा गरेको सहयोगका कारण भण्डारीले ओलीलाई आवस्यक पर्दा निश्वार्थ साथ दिने गरेको जानकारहरु वताउँछन् । सहयोग मात्र होईन, भण्डारीले ओलीलाई उच्च सम्मान गर्ने गरेको वताईन्छ। नेता कार्यकर्ताहरुले यसलाई ’राजनैतिक प्रेम’ को रुपमा लिने गरेका छन् ।

विशेष