News

कोरोना कारण डीएसपी खरेलको मृत्यु

कोरोना कारण डीएसपी खरेलको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण नेपाल प्रहरीका डीएसपी समीरचन्द्र खरेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको हो।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

यसअघि काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको कोरोना उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी अस्पतालमै उनको पनि मृत्यु भएको थियो ।
 

विशेष