News राजनीति

ओली नेतृत्वकै एमालेभित्र चरम गुटबन्दी, ओली सिद्याउन लागेको आरोप–प्रत्यारोप !

ओली नेतृत्वकै एमालेभित्र चरम गुटबन्दी, ओली सिद्याउन लागेको आरोप–प्रत्यारोप !

केपी ओलीको एकल छत्र छाँयामा रहेको नेकपा एमाले भित्र नयाँ गुटहरुको प्रतिस्पर्धा शुरू भएको छ । माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतमजस्ता हस्तीलाई पाखा लगाएपछि ओली नै सर्वैसर्वा ठानिएको एमालेभित्र ओलीको विरोधमा नयाँ समिकरण देखिन थालेको छ ।

ओलीलाई बाहिर सहयोग गरेपनि भित्रभित्र खुइलाउन लागेको भनि महासचिव ईश्वर पोखरेलमाथि बात लागेको छ । राष्ट्रीय सभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको आरोप पनि उनी माथि छ । माओबादीबाट आएका बादललाई गृहमन्त्रीबाट बिमुख गर्न उनी लागेकाले उनलाई कुनै हालतमा गृह मन्त्रालय दिन नहुने भनेर सुवास नेम्वाङ पक्ष लागेको छ ।

आफनै गुट बनाउन प्रयासरत बादलले नेम्वाङगलाई साथ दिएका छन । पोखरेलमाथि माधब नेपाल पक्षसँगको सम्भावित एकता भाँडेको आरोप लागेको छ । अर्कोतर्फ संसद विघटन हुँदा दुई जिव्रे कुरा गरेको र ओलीलाई कानुनी र संबैधानिक हिसाबले कमजोर बनाउन उद्धत रहेको आरोप नेम्वाङ माथि लागेको छ ।

ओलीले उत्तराधिकारीका रूपमा नेम्वाङलाई सार्ने चर्चाबीच उनलाई रोक्न महासचिब ईश्वर पोखरेल कम्मर कसेर लागेका छन । राजनीतिक रूपमा केपी ओलीकै समकक्षी रहेका पोखरेलले योगदानको कदर गर्नुपर्ने बिषयमा जोड दिन थालेका छन ।

माओवादीसँग एकता गर्न नहुने आफ्नो मत सही रहेको पुष्टि भएको पोखरेलले बताउने गरेका छन । उनले नेम्वाङलाई पार्टी एक छँदा प्रचण्डप्रति बफादार रहेको आरोप लगाउने गरेका छन । आफूले पार्टी एक छँदा नै प्रचण्डलाई टक्कर दिएको उनले आफूनिकटसँग सुनाउने गरेका छन । उता बिष्णु पौडेल आफुलाई ओलीको उत्तराधिकारीका रूपमा तयार पारिरहेका छन । बाहिर कसैलाई नचिढाउने भित्र कसैलाई बाँकी नराख्ने पौडेलले नेम्वाङ र पोखरेलका बिचमा खेलीरहेको चर्चा हुन थालेको छ ।

रामबहादुर थापा, शंकर पोखरेल, अग्नी खरेल, महेश बस्नेत, गोकुल बासकोटा आदिको गुट पनि छ । शंकर पोखरेललाई किङ्ग मेकरका रूपमा हेर्न थालिएको छ । उनले साथ दिए नेम्वाङ, पोखरेल, बिष्णु पौडेलको भार बड्ने देखिएको छ । शंकर आफै ओलीपछिको नेताका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन । पछिल्लो राजनीतिक घटनाक्रम, संसद बिघटन र नागरिकतासम्बन्धी अध्यादेशपछि ओली विरोधी स्वर मुखरित हुन थालेका छन्।

पार्टीभित्रैबाट विकल्प दिनुपर्नेमा नदिएको र संसद विघटन गरेर असंवैधानिक काम गरेको भनि निकटवर्तीहरुसँग नेम्वाङले दुःख व्यक्त गरेका छन । उता अध्यादेशले बर्बाद बनाउने भयो भनि पोखरेलले ओलीको आलोचना गर्न थालेका छन ।

अध्यादेश जारी भएसंगै राजेन्द्र महतो गृहमन्त्री बन्ने चर्चा छ । बादल गृहबाट बाहिरिएपछि उर्जा लिएका ईश्वरको मुहारमा फेरी बादल लागेको भनेर नेम्वाङ मुस्कुराउँने गरेको नेम्वाङ निकट एक नेताले नेपालआजलाई बताए ।

विशेष