News स्वास्थ्य

कोरोना संक्रमणको उच्च जोखिम अझै एक महिनाः मन्त्री त्रिपाठी

संक्रमणको रोकथामका लागि २ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त

कोरोना संक्रमणको उच्च जोखिम अझै एक महिनाः मन्त्री त्रिपाठी

नेपालमा कोरोना संक्रमण अझै एक महिना उच्च रुपमा बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अबको चार हप्तापछि मात्रै संक्रमण विस्तारै घट्ने देखिएको वताए । यस अवधिभर सचेत रहनु पर्ने उनको भनाई छ।

संक्रमण दर बढ्दै गएको अवस्थामा स्वास्थ्य संकटकाल लगाउनु पर्ने सुझावमा मन्त्रालय सकारात्मक रहेको वताएका उनले कोरोना संक्रमणको उपचार र रोकथामका लागि २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको पनि जानकारी दिए ।

मन्त्री त्रिपाठीले संक्रमणको दोस्रो लहरपछि सरकारको आह्वान अनुसार अमेरिका, चीन, स्पेन, स्वीजरल्याण्ड, बंगलादेश र विभिन्न संघ संस्थाबाट २ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जानकारी दिए।

५ अर्ब २२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्राप्त गर्ने प्रकृयामा रहेको भन्दै मन्त्री त्रिपाठीले विश्व वैंक र एशियाली विकास वैंकबाट ३२ अर्ब २८ करोड क्रण सहायता परिचालन भएको बताए।
 

विशेष