News राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले (आज) आईतवार राजीनामा दिएका छन् । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् । पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् ।  

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आजै दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । पोखरेलको राजिनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । 
 

विशेष