News

प्रधानमन्त्री ओलीले वोलाए एमालेको स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले वोलाए एमालेको स्थायी समिति बैठक

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी वैठक वोलाईएको हो ।

यसअघि बसेको स्थायी समितिको बैठकले माधव कुमार नेपालसहित पार्टीका ११ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यता विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् ।

प्रतिनिधिसभा विघटन, निर्वाचन घोषणा, विपक्षी गठबन्धनको कसरत तथा पार्टीको आन्तरिक विवादलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
 

विशेष