News राजनीति

शंकर पोखरेलले सुरु गरे वहुमतको सरकार वनाउने तयारी

शंकर पोखरेलले सुरु गरे वहुमतको सरकार वनाउने तयारी

बहुमत प्राप्त दलको हैसियतमा नयाँ सरकार बनाउने गृहकार्य अनुसार मुख्यमन्त्रीवाट राजिनामा दिएको लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन तयारी सुरु गरेका छन् ।

मुख्यमन्त्री निकट श्रोतले लुम्बिनीमा बलियो सरकार बनाउन राजीनामा दिइएको र पोखरेलकै नेतृत्वमा नयाँ वन्ने जनाएको छ ।

लुम्बिनीमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलबीच गठबन्धन बनेर अविश्वासको प्रस्ताव दर्ता भए पनि निर्णायक मानिएको जसपाका चार सांसद भने मन्त्री बनेका थिए। जसपाका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी अविश्वासको प्रस्ताव दर्ता भएको केहीबेरमै मन्त्री भएका हुन् ।

जसपाले पार्टीको निर्णयविपरीत सरकारमा सामेल भएको भन्दै सांसद पद नै नरहने गरी निलम्बन गरेको छ। जसपा प्रदेश संसदीय दलले कारबाही गरेको सूचना प्रदेशसभा सचिवालयबाट जारी भएपछि उनीहरू पदमुक्त भएका हुन्।

यसअघि ८७ सदस्य रहेको जसपाका चार र माओवादी केन्द्रका दुईजनाको सांसद पद निलम्बन भएपछि सदनमा सदस्य संख्या ८१ पुगेको छ। अहिले सत्तारूढ नेकपा एमालेसँग ४१ सांसद छन् भने कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, चारजना कारबाही पछि जसपाका दुई र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।

एमाले बाहेकका दलको सांसद संख्या सभामुखबाहेकको संख्या जोड्दा ३९ पुग्छ। यो अंकगणितका आधारमा एमाले प्रदेशको सबैभन्दा ठूलो भएको र अव एमालेले नै वहुमतको सरकार वनाउने श्रोतको दावी छ।

यो पनि 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

विशेष