News राजनीति

विपक्षी गठवन्धमा लागि रिटमा हस्ताक्षर गर्ने यी हुन नेपाल पक्षबाट २३ सांसद

विपक्षी गठवन्धमा लागि रिटमा हस्ताक्षर गर्ने यी हुन नेपाल पक्षबाट २३ सांसद

संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध विपक्षी गठवन्धनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरिरहेको छ।

गठवन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जाने तयारी गरेको छ । 

विपक्षी दलहरूले तयार पारेको उक्त रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने सवै सांसद अदालत गरेर वहुमत देखाउने निर्णय अनुसार नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी संसद् सचिवालयमा जम्मा भइसकेको जनाईएको छ ।

नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने जनाई पनि अहिलेसम्म २३ जनाले मात्रै हस्ताक्षर गरेको पाईएको छ । देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी उपस्थित भएका छैनन् ।

रिट निवेदनमा हस्ताक्षर गर्ने नेपाल पक्षका सांसदहरु
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवी जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा

विशेष