News स्वास्थ्य

प्रा.डा केसीको चेतावनी– ‘माफिया’को मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह

प्रा.डा केसीको चेतावनी– ‘माफिया’को मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह

प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप पनि लगाएका छन् । 

प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको उलने जनाएका छन्।

सोमबार बिहान प्रितम सुवेदीले आफूमाथि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले भौतिक आक्रमणको चेतावनी दिएको वताएका छन्।

प्रधानमन्त्री ओलीलाई झापा घटनामा भएको ९ जनाको हत्याकाण्डको मुख्य योजनाकार भएको आरोप लगाउँदै डा. केसीले २०२८ साल देखि २०२९ सालसम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले समेत पुष्टि गरेको उनले जनाएका छन् ।

डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गरेका छन् । 
 

विशेष