News राजनीति

प्रदेश २ सरकारवाट ठाकुर–महतोलाई आउट गर्ने उपेन्द्र–वावुरामको तयारी !

प्रदेश २ सरकारवाट ठाकुर–महतोलाई आउट गर्ने उपेन्द्र–वावुरामको तयारी !

जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवादका कारण प्रदेश २ को सरकार संकटमा परेको छ । जसपाको उपेन्द्र यादव र वावुराम भट्टराई पक्षले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारवाट विदा गर्ने तयारी थालेको छ।

श्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकार पुनर्गठन गर्ने र ठाकुर पक्षलाई विदा गर्ने तयारी छ।

१०४ सदस्यीय प्रदेशसभामा वहुमत सिद्ध गर्न ५३ सांसद भए पुग्छ। जसपाका मात्र ५५ जना सांसद छन्। तीमध्ये ३२ जना उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षमा देखिएका छन् भने बाँकी २३ जना ठाकुर–महतो पक्षमा रहेको उनीहरुको दावी छ। २३ जना मध्येमा पनि केहीलाई आफ्नो पक्षमा तान्न उपेन्द्र यादवले कसरत गरिरहेका छन् । प्रदेश सभामा कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन्।

कांग्रेस र माओवादीका २७ सांसद हुँदा सरकारवाट ठाकुर–महतो पक्षलाई विदा गर्न सकिने उपेन्द्र यादवले हिसाव मिलाएका छन् । यसैगरी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक सांसदले पनि मुख्यमन्त्री लालबाबु राउतलाई नै समर्थन गरेका छन् ।

त्यसैको जम्मा ६० सांसद जुट्दा सरकार संचानमाल कुनै समस्या नपर्ने जोडघटाउ गरेर पुनर्गठनको तयारी गरिएको एक केन्द्रिय सदस्यले जानकारी दिए । त्यसमाथि एमालेको माधव नेपाल पक्षले पनि साथ दिने सम्भावना रहेको उनले वताए ।

प्रदेशसभामा एमालेका २१ सांसद मध्ये १३ जना माधव पक्षमा खुलेको उनले वताए । 

विशेष