News

गाउँपालिकाको कार्यक्रम, ‘गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा’

गाउँपालिकाको कार्यक्रम, ‘गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा’

देशमा संघियता आईसकेपछि गठन भएका स्थानिय सरकारले विभिन्न कार्यक्रमलाई स्थान दिएर अभियानकै रुपमा सञ्चालन गर्दै आएकाछन् । 

भैसीलाई सुत्केरी भत्ता दिनेदेखि लिएर गाउँफर्क बुहारी कार्यक्रमसम्मका अभियान विभिन्न स्थानिय तहले गरेकाछन् । यसैविच बैतडीको शिवनाथ गाउँपालिकाले ‘गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा’  कार्यक्रम सञ्चान गरेको छ ।


बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा गर्ववती आमा र नवजात शिशुले ज्यान गुमाउन नपरोस भनेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 
स्वास्थ्य अवस्था समान्य भएका गर्भवती महिलाको घरमा हरियो झण्डा र जटिल स्वास्थ्य अवस्था भएका गर्भवती महिलाको घरमा रातो झण्डा राखिने जनाइएको छ ।

अण्डा गर्भवती

विशेष