News राजनीति

बिबाद भएपछि कटुवालले मन्त्री बन्न इन्कार गरे !

बिबाद भएपछि कटुवालले मन्त्री बन्न इन्कार गरे !

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा ठुलो दलको हैसियतमा प्रधानमन्त्री वनेपछि पूर्व सेना प्रमुख रुक्माङ्गद कट्वाल गृहमन्त्री वन्ने हल्ला चल्यो। वालुवाटर नजिक श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल पुनर्गठन गर्ने र त्यस वखत कटवालालाई गृहमन्त्री वनाउने कुराले चर्चा पायो।

यति मात्र होईन, मन्त्री वन्नका लागि कटवाल भारतीय राजदुतावासमा धाउन थालेको विषय पनि चर्चाको विषय वन्यो । यद्यपी, यी दुवै विषयको चर्चा अझै पनि कायमै छ।

यो हल्लासँगै नेकपा एमाले भित्र पनि तरङ्ग उत्पन्न भयो । खास गरी रामवहादुर थापा ‘वादल’ लाई पाखा लगाउन पाए गृहमन्त्री वन्ने सपना देखेर वसेका महासचिव इश्वर पोखरेलले यस विषयमा आपत्ति जनाएको कुरा पनि चुहियो । त्यसपछि भने कटवाललाई सरकारमा भित्र्याउने र चुनावको नतिजा सहजै आफनो पक्षमा पार्ने योजनामा रहेका प्रधामन्त्री केपी शर्मा ओली पनि हच्किएको श्रोतको दावी छ ।

यता, आफनो नाममा विवाद सुरु भएपछि कट्वाल पनि पछि हटेका छन् । उनले आफुलाई गृहमन्त्रीका लागि प्रश्ताव नआएको र प्रश्ताव आएपनि स्विकार नगर्ने प्रतिक्रिया दिएका छन्। उनको यो अभिब्यक्तिले अव कटवालाई गृहमन्त्री वनाउने पाटो समाप्त भएको हो की भन्ने आशंका गरिएको छ ।

कटवालले राजनीतिक खिचातानीमा आफ्नो नामको दुरुपयोग गरिएको गुनासो पनि गरेका छन् । आफुले अवकाशको जीवन इमान्दारीपूर्वक बिताउन चाहेको वताएका उनले जनताको चित्त दुःखाएर पद, पैसा र शक्तिको लोभमा नपर्ने वताए । ‘मलाई थाहा छ मन्त्रीको पदमा बस्न जनताको मत र समर्थन दुवै चाहिन्छ । जनताले चुनेर पठाएको व्यक्तिले नै जनताको सेवा गर्नु पर्छ’ उनले भनेका छन्–‘यसरी झ्यालवाट छिरेर मन्त्री बन्ने प्रक्रियाको म विरोध गर्छु ।’

भारतीय राजदूतावास गएको प्रशंग पनि उनले अस्विकार गरेका छन् । नेपाली सेनाको प्रमुख भएको नाताले विदेशी दूतावासको सार्वजनिक कार्यक्रम र देशको मर्यादा विपरित राजनीतिक भेटघाटमा आफु कहिलै नजाने वताएका उनले देशको शिर झुक्ने काम आफुवाट कहिल्यै नहुँने वताए ।

रुक्माङ्गद कटवाल

विशेष